कर्णालीमा आज सभामुखको निर्वाचन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा आज सभामुखको निर्वाचन


१ माघ २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको हो ।

सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का नन्दा गुरुङको र नेपाली काँग्रेसका खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उम्मेदवारी दर्ता भएको हो ।

काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य द्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस