यातायात र वैदेशिक रोजगार कार्यालयबाट समातिएका ३८ बिचौलियामाथि मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यातायात र वैदेशिक रोजगार कार्यालयबाट समातिएका ३८ बिचौलियामाथि मुद्दा


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँका विभिन्न कार्यालयबाट समातिएका ३८ जना बिचौलियाहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार कार्यालयबाट ३८ जनालाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको हो। 

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जनालाई पक्राउ गरेको हो। 

उनीहरूले सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको आरोप छ। यस्तै लाग्ने छिटो काम सकाइदिने भन्दै दस्तुरभन्दा बढी रकम असुल्ने, बाधा अवरोध पुर्‍याउने गरेको समेत आरोप छ। 

सम्बन्धित समाचार : यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस