विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई गगन थापाको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई गगन थापाको आग्रह


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

विभाग तथा भ्रातृ संस्थाहरू गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको उनले बताए ।

‘म त पुस २८ अघि नै भ्रातृ संस्थालाई पूर्णता दिऔँ भन्ने पक्षमा छु । टुङ्गाउन सकिन्छ’, महामन्त्री थापाले भने, ‘भ्रातृ संस्थालाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठकमा सभापतिले विभाग गठनको प्रस्ताव गर्नुस् । हामीले त्यसलाई पास गर्छौँ ।’

केन्द्रीय समितिको बैठक २८ पुसमा बोलाइएको छ ।

पार्टीले विधानले गरेको व्यवस्थाको प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको उनले बताए । सभापतिले विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरू अड्केका थापाले बताए ।

विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रूपमा परिचालन गर्न नसकिरहेको उनले अप्ठ्यारो सुनाए ।

महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने विधानको व्यवस्था छ । विधान अनुसार २८ वटा विभाग गठन हुनुपर्दछ । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू गरी बढीमा ५१ जना हुनेछन् ।

सङ्घको निर्वाचन भएको ३ महिनाभित्र भ्रातृ संस्थाहरूको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ । तर, भङ्ग भएका १० मध्ये ५ वटा भ्रातृ संस्थाको मात्रै मूल नेतृत्व मनोनीत गरिएको छ । मूल नेतृत्व मनोनीत गरिएका ती भ्रातृ संस्थाले समेत पूर्णता पाउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस