निर्धक्क हुनुस् हिजोको जस्तो अवस्था रहँदैन : रवि लामिछाने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निर्धक्क हुनुस् हिजोको जस्तो अवस्था रहँदैन : रवि लामिछाने


२० पुस २०७९, बुधबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।

उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाए।

गृहमन्त्री लामिछानेले भने, ‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ। आफैँमा मेरा लागि चुनौतीको विषय छ। कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन्। निर्धक्क हुनुस् हिजोको जस्तो अवस्था रहँदैन। प्रमुख जिल्ला अधिकारीहरूलाई कुनै पनि अपराध, कालोबजारी नियन्त्रणका विषयमा कुनै पनि राजनीतिक दलहरूको दबाब आए कारबाहीमा पर्नेछन्। उद्योग, व्यवसायको सुरक्षा र उन्नतिको लागि गृह मन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौँ। मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरूले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन। अब उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालय हाकिम र राजनीतिज्ञहरूकोमा गएर समय खेर फाल्नु पर्दैन। सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनुहोला।’

उनले लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कालोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीको विषय भएको पनि बताए।

चेम्बरले गृहमन्त्रीलाई कालोबजारी, सिमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस