देशभरबाट सोधिरहनु भएको छ, कसरी यस्तो भयो, मैले केवल यत्ति भनेँ– ‘डन्ट वरी’ : विश्वप्रकाश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देशभरबाट सोधिरहनु भएको छ, कसरी यस्तो भयो, मैले केवल यत्ति भनेँ– ‘डन्ट वरी’ : विश्वप्रकाश


११ पुस २०७९, सोमबार


काठमाडौँ । पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीभित्रै चर्को आलोचना भइरहेको छ।

सरकारको नेतृत्वमा अडान नछोड्दा प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको भन्दै काँग्रेस नेताहरूले देउवाको राजीनामा मागिरहेका छन्।

केही नेताहरूले विशेष महाधिवेशन बोलाउनुपर्ने सम्मका माग गरिरहेका छन्। यता, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षका रूपमा देशव्यापी परिचालित हुने उल्लेख गर्दै नयाँ बिहानी ल्याउने बताएका छन्।

शर्माले भनेका छन्, ‘भएको के हो सबैलाई थाहै छ। त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ। साँझ परेको छ, रात छिप्पिने छ। जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौँ। नयाँ बिहानी हुनेछ तर त्यो आफैँ आउने छैन, हामी ल्याउनेछौँ। त्यसका लागि उत्साह, एकता, रूपान्तरणको दृढता राख्नोस्, जय नेपाल । देशभरबाट साथीहरूले सोधिरहनु भएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– ‘डन्ट वरी।’

Tags :
प्रतिक्रिया दिनुहोस