देउवाले प्रचण्डलाई दिए बधाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवाले प्रचण्डलाई दिए बधाई


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।

नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

‘काँग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘ अब काँग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस