एकीकृत समाजवादी सरकारमा सहभागी होला ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादी सरकारमा सहभागी होला ?


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरूले सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । 

पछिल्लो विकसित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले पर्ख र हेरको नीति लिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस