गठबन्धनको बैठकबाट निस्किए प्रचण्ड « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गठबन्धनको बैठकबाट निस्किए प्रचण्ड


१० पुस २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन्।

प्रधानमन्त्रीको विषय टुङ्ग्याउने भनिएको बैठकबाट प्रचण्ड केही बेरअघि बाहिर निस्केका हुन्। यद्यपि, अन्य नेताहरू भने छलफलमै छन्।

राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय आज सकिनै लागे पनि गठबन्धनमा पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्ने विषय टुङ्गो लागेको छैन।

गठबन्धनका प्रमुख दुई दल काँग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस