प्रचण्डलाई प्रधानमन्त्रीको दाबी नछाड्न अमरेशको दबाब « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रचण्डलाई प्रधानमन्त्रीको दाबी नछाड्न अमरेशको दबाब


१० पुस २०७९, आइतबार


काठमाडौँ । स्वतन्त्रबाट निर्वाचित सांसद अमरेश कुमार सिंहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री पदको दाबी नछाड्न आग्रह गरेका छन्।

शनिबार खुमलटारमा पुगेका सिंहले प्रचण्डलाई भेटेर प्रधानमन्त्री पदमा दाबी नछाड्न दबाब दिएका हुन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएपछि उनी सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा बागी उम्मेदवार बनेर विजयी भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गर्दै अमरेश निर्वाचित भएका थिए।

भेटमा अमरेशले प्रचण्डलाई भने,‘तपाईँ अहिले प्रधानमन्त्री बन्नुपर्छ। शेरबहादुर देउवाबाट मुलुकले निकास पाउन सक्दैन। प्रधानमन्त्रीमा आफ्नो दाबी नछाड्नुहोला।’

उनीहरूबिच सत्ता समीकरणको विषयमा पनि छलफल भएको स्रोतले जानकारी दियो। सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित अमरेश कुमार सिंह पछिल्लो समय नयाँ पार्टी गठनको तयारीमा छन्। रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र निर्वाचित भएका प्रभु साहसँग मिलेर अमरेश पार्टी गठनको तयारीमा लागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस