बागमती प्रदेशका सांसदहरू पुस १४ गते शपथ लिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेशका सांसदहरू पुस १४ गते शपथ लिँदै


१० पुस २०७९, आइतबार


काठमाडौँ । बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ।

बागमती प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिहीबार दिउँसो २ बजे हेटौंडास्थित प्रदेश सभा सचिवालयमा प्रदेश सभा सदस्यहरूलाई शपथ खुवाउने उल्लेख गरेको छ।

शपथ लिन जाँदा प्रदेशका सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको ६ प्रति फोटो साथमा लैजानुपर्ने हुन्छ।

प्रदेश सभाका कुनै सांसदले मातृभाषामा शपथ लिने हो भने ३ दिनअघि सोको जानकारी प्रदेश सभा सचिवालयमा दिइसक्नुपर्ने हुन्छ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार बिहीबार शपथ सुरू हुनुभन्दा करिब २ घन्टा अघि नै सांसदहरू प्रदेश सभा सचिवालयमा आइसक्नुपर्ने हुन्छ। बागमती प्रदेशमा ११० जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस