युवाले गुनासो गर्ने होइन समस्याको समाधान खोज्नुपर्छ : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युवाले गुनासो गर्ने होइन समस्याको समाधान खोज्नुपर्छ : गगन थापा


९ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले युवा वर्ग निन्दक नभई आलोचक बन्नुपर्ने समेत बताए । युवा थाहै नपाई निन्दक बन्ने गरेको भन्दै उनले निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुने उल्लेख गरे । युवा आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यका बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने उनको भनाइ छ । ‘हामी कहिलेकाहीँ थाहा नपाईकन क्रिटिकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौँ ।

निन्दक र आलोचकमा धेरै ठुलो भिन्नता हुन्छ । तर, आलोचक बन्दाबन्दै थाहै नपाईकन हामी निन्दक बनिसकेका हुन्छौँ,’ उनले भने, ‘क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठुलो स्ट्रेन्थ बन्छ । तर, तपाईँ सिनिकल हुनुभयो भने तपाईँको सबैभन्दा ठुलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस