आज पनि चल्यो नारायणगढमा डोजर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज पनि चल्यो नारायणगढमा डोजर


९ पुस २०७९, शनिबार


चितवन । सडक डिभिजन कार्यालय भरतपुरले शनिबार पनि नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।

सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । डोजरले घर टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् ।

नारायणगढ गोन्द्राङ सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दबाव दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दवाव दिएको थियो । ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाव परेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले संरचना भत्काउन थालिएको अभियान नरोकिने बताए । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५–२५ मिटर आफ्नो सडक क्षेत्र रहने भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस