देउवा र प्रचण्डबीचको बालुवाटार बैठक सकियो, के भयो निष्कर्ष ?  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

देउवा र प्रचण्डबीचको बालुवाटार बैठक सकियो, के भयो निष्कर्ष ? 


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ । 

दुई नेताबीच करिब साढे दुई घण्टा छलफल भएको थियो । ठोस समझदारी नबने पनि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनकै सरकार बनाउने गरी सकारात्मक छलफल भएको जानकारी दिए । उनले शनिबार दिउँसो थप छलफल हुने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस