रेशम चौधरीका बुवा लालवीरले गरे नागरिक उन्मुक्ति पार्टी प्रवेशे  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रेशम चौधरीका बुवा लालवीरले गरे नागरिक उन्मुक्ति पार्टी प्रवेशे 


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रूपमा प्रवेश गरेका हुन् ।

लालवीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएकी थिइन् । 

लालवीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेसमकी श्रीमती हुन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा बर्दिया–२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।

लालवीरले सत्ता गठबन्धनका उम्मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्मेदवार पङ्कजसिंह राठौंरलाई पराजित गरेका थिए ।

योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस