दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्न वकिलहरूलाई देउवाको आग्रह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्न वकिलहरूलाई देउवाको आग्रह


८ पुस २०७९, शुक्रबार


Ser-Bahadur-Deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा शुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको फौजदारी शासन कायम गर्न मुलुकको विद्यमान कानूनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए।

प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता कार्यालयको क्रियाशीलता कार्यकुशलता,स्वच्छता, निष्पक्षता,पारदर्शिता र व्यवसायीकताले मुलुकमा कानूनी राज्यको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आवश्यक रहेको पनि बताए। उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कुनैपनि कार्यहरू कुनैपनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यावसायिक रूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिए।

प्रधानमन्त्री देउवाले अपराधसंहीता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्चितता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानून विवादको प्रतिरक्षा गर्दै व्यावसायिक दायित्व निभाउन सरकारी वकिलहरूलाई आग्रह गरे।  

Tags :
प्रतिक्रिया दिनुहोस