वनका कर्मचारीद्वारा परालभित्र लुकाइएको सालको काठ बरामद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वनका कर्मचारीद्वारा परालभित्र लुकाइएको सालको काठ बरामद


७ पुस २०७९, बिहिबार


काठमाडौँ । कैलालीमा परालभित्र लुकाएको अवैध सालको काठ बरामद गरिएको छ । विशेष सुराकीको आधारमा धनगढी-१५ उर्माको दक्षिणी टोलमा पराल र नालीमा लुकाइएको काठलाई वनका कर्मचारीहरूले बरामद गरेका हुन् ।

सबडिभिजन वन कार्यालय फूलबारी र भारताल साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले विशेष सुराकीको आधारमा काठ बरामद गरेको हो । उर्माबाट २३ थान सालको गोलिया, पाँच थान सालको चिरान काठ नियन्त्रणमा लिइएको सबडिभिजन वन कार्यालय फूलबारीका प्रमुख लोकराज दहालले जानकारी दिए । 

उर्मामाको दक्षिण टोलका विभिन्न घरका आगनको परालमा र बाटोको नालाहरूमा ४२३ क्यूफिट सालको काठ बरामद गरिएको हो ।

काठ तस्करीमा संलग्न रहेको आरोपमा स्थानीय प्यारेलाल राना वन कार्यालयको नियन्त्रणमा रहेका छन् 

Tags :
प्रतिक्रिया दिनुहोस