झापामा फेला परेको शवको पहिचान खुल्यो « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

झापामा फेला परेको शवको पहिचान खुल्यो


७ पुस २०७९, बिहिबार


काठमाडौँ । झापाको शिवसताक्षी-१० टेक्रा स्थित कनकाई नदीको काँसघारीमा फेला परेको शवको पहिचान खुलेको छ।

उक्त शव कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बाँस्तोला बुधबारदेखि बेखबर थिए। स्थानीयले उनको हत्या भएको बताएका छन्।

घटनाको गहिरो अनुसन्धान गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन्।

कनकाई माई किनारमा रहेको काँसघारीभित्र बिहीबार अपराह्न स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले शव फेला पारेको थियो।

सम्बन्धित समाचार : झापामा शङ्कास्पद शव फेला, अनुसन्धान चल्दै 

Tags :
प्रतिक्रिया दिनुहोस