नागरिकता विधेयकबारे प्रारम्भमा नै छलफल गर्नुपर्छ : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयकबारे प्रारम्भमा नै छलफल गर्नुपर्छ : गगन थापा


७ पुस २०७९, बिहिबार


काठमाडौँ । काँग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विधेयक हुनुपर्ने बताए । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्छ,’ थापाले भने ।

उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए । ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठीक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषद्ले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस