भुवन केसीको राजीनामा मागसहित चलचित्र सङ्घले आन्दोलन गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भुवन केसीको राजीनामा मागसहित चलचित्र सङ्घले आन्दोलन गर्ने


६ पुस २०७९, बुधबार


काठमाडौँ । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र सङ्घले विकास बोर्डविरुद्ध चरमबद्ध आन्दोलन गर्ने भएको छ । बुधबार भएको चलचित्र हलहरूको भेलाले सो निर्णय गरेको हो ।

भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्ने र बोर्डमा ताला लगाउने समेत निर्णय गरेको चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थाले बताए । भेलाले चलचित्र सङ्घको विरोध गर्ने र सङ्घको विषयमा बोल्नेको समेत फिल्म कालो सूचीमा राखेर रिलिजको लागि सहयोग नगर्ने निर्णय गरेको कायस्थाले जानकारी दिए ।

करिब एकसय बढी हल व्यवसायी उपस्थित उक्त भेलाको  विस्तृत निर्णय र आन्दोलनको कार्यक्रम सङ्घले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने कायस्थाको भनाई छ । रिलिजको एकसाता अगाडि फिल्म सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डले ल्याएको नियमको विरुद्धमा हल व्यवसायी आन्दोलित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस