४० गाडीको प्रदूषण जाँच गर्दा २२ वटा ‘फेल’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४० गाडीको प्रदूषण जाँच गर्दा २२ वटा ‘फेल’


६ पुस २०७९, बुधबार


काठमाडौँ । काठमाडौँमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने २२ वटा सार्वजनिक सवारी साधन कारबाहीमा परेका छन् । चेकिङका क्रममा आधाभन्दा बढी सवारीहरू प्रदूषण मापदण्ड पुरा नगरी चलिरहेको भेटिएको छ ।

अत्यधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गरेको थियो ।

कारबाही गरिएका सवारी साधनलाई वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने भट्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस