राष्ट्रपति कार्यालयमा ओली-प्रचण्ड जम्काभेट  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपति कार्यालयमा ओली-प्रचण्ड जम्काभेट 


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार राष्ट्रपति कार्यालयमा जम्काभेट भएको छ। 

तत्कालीन नेकपा विभाजनपछि टाढिएका ओली र प्रचण्डबीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा जम्काभेट भएको हो। चुनावी नतिजा आएसँगै ओलीले लामो समयपछि प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र ओलीबीच पनि कार्यक्रममा भलाकुसारी भएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस