महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति  « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति 


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ । 

केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले कोसी प्रदेश निर्वाचन समितिको संयोजकमा राजकुमार राजवंशी, मधेस प्रदेशमा सन्तोष साह बागमती प्रदेशमा विमल विश्वकर्मा र गण्डकी प्रदेशमा कमल थापालाई प्रदेश निर्वाचन समितिको संयोजक तोकेको छ । 

त्यसैगरी लुम्बिनी प्रदेश निर्वाचन समितिको संयोजक सुधाकर मिश्रा, कर्णालीमा फत्ते सोती र सुदूरपश्चिम प्रदेश निर्वाचन समितिको संयोजकमा दानसिंह जोशी चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिले हरेक जिल्ला जिल्लामा निर्वाचन अधिकृत समेत खटाएको छ । 

पार्टीको महाधिवेशनको कार्यतालिकाअनुसार जेठ १० गतेसम्म प्रतिनिधि निर्वाचन गरी सक्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस