जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने


५ पुस २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन् । 

जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरी, रञ्जु ठाकुरले मैथिली भाषामा शपथ लिने छन् । 

यस्तै राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा शपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस