कुलोको जग्गा व्यक्तिगत जग्गामा घुसाएर भ्रष्टाचार गर्ने नापी अधिकृतविरुद्ध मुद्दा दायर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुलोको जग्गा व्यक्तिगत जग्गामा घुसाएर भ्रष्टाचार गर्ने नापी अधिकृतविरुद्ध मुद्दा दायर 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत र जग्गाधनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक कुलोको जग्गा व्यक्तिको नामको जग्गामा घुसाई नक्सा बनाएको आरोपमा तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ र जग्गाधनी कृष्णप्रसाद पोखरेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रुपन्देहीको साबिक दुधराक्ष गाविस-७ क को कित्ता नं. ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्ग मिटर क्षेत्रफल र वडा नं २ क को कित्ता नं. ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्ग मिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्ग मिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

कुलोको जग्गा घुसाएर सरकारी मूल्याङ्कन अनुसार १० लाख ६५ हजार २०५ रुपैयाँ ५० पैसा बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूसँग सोही बराबरको रकम बिगो माग गरेको छ । कुलोको जग्गा घुसाइएको सो जग्गा जग्गाधनी कृष्णप्रसाद पोखरेलले बिक्रीसमेत गरिसकेका थिए । 

आयोगले जग्गा किन्नेहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस