प्रकाशमानलाई फकाउन चाक्सीबारी पुगे थापा र कोइराला  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाशमानलाई फकाउन चाक्सीबारी पुगे थापा र कोइराला 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनको पूर्वसन्ध्या नेताहरू पार्टीका सांसदहरूलाई फकाउने कसरतमा लागेका छन् । यसैबीच संस्थापनइतर पक्षबाट संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापा पार्टी नेता प्रकाशमान सिंह निवास पुगेका छन् ।

महामन्त्रीसमेत रहेका थापासँग शेखर कोइरालासमेत मङ्गलवार साँझ सिंह निवास चाक्सीबारी पुगेका हुन् । संसदीय दलको निर्वाचनका लागि थापासँगै पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सिंह भने हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।

थापा र कोइरालाले भोलि हुने निर्वाचनमा आफूहरूलाई सघाउन सिंहसँग आग्रह गरेका छन् । यता सिंहको सचिवालयले भने उनले हालसम्म कसैको पक्षमा नखुलेको र देउवा र थापा मध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा नै रहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस