३ देशका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

३ देशका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र


५ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरूको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरूमा नेपालका लागि संयुक्त अरब इमिरेट्‌सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् । उनीहरुमध्‍ये एक जना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरू हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस