माधव नेपाल अस्पताल भर्ना « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माधव नेपाल अस्पताल भर्ना


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। 

 उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।  

रुघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ। 

Tags :
प्रतिक्रिया दिनुहोस