फवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

फवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने


४ पुस २०७९, सोमबार


काठमाडौँ । फवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित ३० प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजीको ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँकोको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ ।

त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधराणसभाबाट पारित भए पनि सेयर धनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस