घट्यो पेट्रोल र डिजेलको मूल्य « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

घट्यो पेट्रोल र डिजेलको मूल्य


२ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस