बसुन्धारामा डकैती गरेका १० आरोपित कारागार चलान  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बसुन्धारामा डकैती गरेका १० आरोपित कारागार चलान 


३ पुस २०७९, आइतबार


काठमाडौँ । काठमाडौँबाट प्रहरीले चोरी तथा डाँका गरेको आरोपमा पक्राउ गरेका १० जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।

कात्तिक २८ गते वसुन्धराको एक घरमा मानिसलाई बन्धक बनाएर चोरी तथा डकैती गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूलाई शुक्रबार जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

चोरी तथा डकैती गरेको दुई दिनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। 

पक्राउ पर्नेमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलक बहादुर शाही, २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही र २६ वर्षीय नेत्र बहादुर शाही छन्।

यस्तै रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीया कविता बुढा, र २१ वर्षीय दीपिका मल्ल शाही छन्।

उनीहरूले चोरी तथा डकैती गर्ने क्रममा घरका व्यक्तिहरूलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर नगद तथा गरगहना लुटेका थिए।  

प्रहरीले उनीहरूबाट एउटा सुनको गिलास, तिलहरी, दुईवटा नौगेडी, तीनवटा हार र दुई लाख १३ हजार ५०० रुपैयाँ नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै एक हतौडा, दुई वटा चक्कु, हात बान्न प्रयोग गरिएको प्लास्टिक लकसहित नियन्त्रणमा लिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस