कर्मचारीलाई कुटपिट गरेपछि गाउँपालिकाका सबै सेवा ठप्प  « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीलाई कुटपिट गरेपछि गाउँपालिकाका सबै सेवा ठप्प 


३ पुस २०७९, आइतबार


काठमाडौँ । सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन्।

योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेपछि त्यसको विरोधमा कर्मचारीले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन्।

कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन्। पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि सर्वसाधारण सेवाबाट वञ्चित भएका छन्।

गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं २ को वडा कार्यालय भवन ढलानको अनुगमन गर्न गएका वेला ठेकेदार कम्पनीले मापदण्ड विपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार ओलीले प्रशासनलाई बताए । 

उनले भने, ‘ इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं २ को वडा कार्यालय भवन ढलानको अनुगमन गर्न गएका रहेछन्, त्यहाँ उनीहरूले मापदण्ड अनुसार भएन भनेपछि ठेकेदारका छारा सञ्जयकुमार तिरुवाले हातपात गरेको रहेछ ।’ 

उनले प्रशासनलाई बताए अनुसार तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष काठमाडौँ र आफू कामको सिलसिलामा  सुर्खेतमा रहेको र फर्के पनि घटनाबारे थप छलफल हुने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस