मुख्यसचिव वैरागीसहितको टोलीद्वारा लुम्बिनी केबलकारको स्थलगत निरीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यसचिव वैरागीसहितको टोलीद्वारा लुम्बिनी केबलकारको स्थलगत निरीक्षण


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीसहितको टोलीले लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गरेको छ । मुख्यसचिव वैरागीसहित उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतले शनिबार लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएका हुन् ।

मुख्यसचिव वैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै केबलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए । उनले यस केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै १र२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए । उनले केबलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए । अबको १र२ महिनापछि केबलकार सञ्चालनमा आउने जानकारी उनले दिए ।

केबलकारको बटम र टप स्टेसनमा बन्दै गरेको रेस्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने उनको भनाइ थियो । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस