दिल-दिमागदेखि पूर्ण प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्छ : उपसभापति खड्का « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दिल-दिमागदेखि पूर्ण प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्छ : उपसभापति खड्का


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्ण प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्ने भन्दै यो कुरामा काँग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए ।

दलहरूले दलीय आबद्धता भन्दा बाहिरका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रूपमा विरोध र आलोचना भइरहेको छ ।

त्यसै सन्दर्भमा शनिबार बिहान खड्काले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो ? मेरो प्रस्ट धारणा छ-राष्ट्रपति-देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली काँग्रेस पार्टी कसैसङ सम्झौता गर्न सक्तैन, गर्नुहुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस