महानगरसहित दुई पालिकाले हटाए चार सय बढी कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महानगरसहित दुई पालिकाले हटाए चार सय बढी कर्मचारी


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारी हटाएका छन्। दुवै पालिकाले सूचना जारी गर्दै कर्मचारी हटाएको जानकारी गराएका छन्।

वीरगञ्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत चार सयभन्दा बढी कर्मचारी पुस १ गतेबाट लागू हुने गरी हटाएको छ। महानगरका वडा कार्यालय, स्वास्थ्य चौकी, कम्प्युटर अपरेटरलगायतमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाइएका सूचनामा उल्लेख छ।

नगर प्रहरी र बारुणयन्त्रमा कार्यरत कर्मचारीहरूलाई भने हटाइएको छैन। वीरगञ्ज महानगरले दैनिक ज्यालादारीमा पछिल्लो समय चार सयभन्दा बढी कर्मचारी नियुक्त गरेको थियो।

यसैगरि, पर्साको पटेर्वा सुगौली गाउँपालिकाले सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत २९ जना कर्मचारी हटाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस