जापान सरकारबाट विभूषित भएका पौडेललाई दिए देउवाले बधाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापान सरकारबाट विभूषित भएका पौडेललाई दिए देउवाले बधाई


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट विभूषित भएपछि काँग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । जापान सरकारको ‘दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएका पौडेललाई देउवाले बधाई दिएका हुन् ।

नेता पौडेलले सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गरे । यो सम्मान नेपाल, नेपाली र काँग्रेस पार्टीप्रतिको सम्मान भएको महसुस गरेको उनको भनाइ छ । 

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको जनाइएको छ ।

जापानी सम्राट मेइजीले सुरु गरेको सो राजकीय सम्मान  विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो । 

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रियरूपमा संलग्न थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस