५ सय बोराभन्दा बढी अवैध चामल बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५ सय बोराभन्दा बढी अवैध चामल बरामद


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भारतबाट अवैध रूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका-११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल बिहीबार प्रहरीले बरामद गरेको हो।

राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हुँदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस