‘अध्यादेशमा गगन थापाले दोहोरो चरित्र देखाए’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘अध्यादेशमा गगन थापाले दोहोरो चरित्र देखाए’


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्का) नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् ।

थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त सङ्घर्ष समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्‍यो, विद्रोह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको विरोध गरेर दोहोरो चरित्र देखाएको बताए । 

पाउने बेला राम्रोसँग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधीकरणको व्याख्या भइरहेको उनको भनाइ छ । थारुलगायत उत्पीडित वर्गहरू अन्यायमा परेको भन्दै राज्यले अध्यादेश ल्याउँदा विरोध हुनु दुःखद भएको उनले बताए । 

मोदीले यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भए पनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रङ्ग हाबी भएको देखिएको तर्क गरे ।

मोदीले अहिले टीकापुरको घटना मात्रै नभएर देशैभर उठेको माग मुद्दालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस