एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैन, काँग्रेस-एमाले मिल्नु पर्छ : सूर्य थापा  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैन, काँग्रेस-एमाले मिल्नु पर्छ : सूर्य थापा 


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले एमालेले वामपन्थी सरकारको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नबनाउने बताएका छन् । 

मुलुकमा अब वामपन्थीको नाममा मुरलीको धुन नबज्ने बताउँदै थापाले च्याँखे थाप्ने प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको रूपमा  अब अगाडि सार्ने गल्ती नगर्ने बताएका हुन् । 

बुटवलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले जनता वामपन्थी मिलुन् र फेरि गाइजात्रा गरून् भन्ने पक्षमा नरहेको भन्दै प्रचण्ड विश्वसनीयताको ठूलो सङ्कटमा रहेको बताए । 

बाम गठबन्धनको नाममा एमालेले सिद्धान्तहीन दलहरूसँग एमालेले सहकार्य नगर्ने प्रस्ट्याए।

पार्टी अध्यक्ष केपी ओलीलाई चार-चार पल्ट निष्कासित गर्नेहरूसँग फेरि एकताको कल्पना नगरिएको उनको भनाई छ। अहिलेको चुनावी परिणामले मुलुकमा अस्थिरता निम्तिने खतरा औँल्याउँदै थापाले स्थिरताका लागि काँग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने थापाले बताए।

मुलुकमा मुख्य दुई शक्ति काँग्रेस र एमालेमात्र रहेको दाबी गर्दै नेता थापाले अरूको झोला बोकेर हिँड्नेहरूसँग सहकार्यको औचित्य नहुने बताए। उनले आफूले विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस