नेप्सेमा १४ अङ्कको गिरावट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेप्सेमा १४ अङ्कको गिरावट


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ।

गत मङ्गलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अङ्क घटेर १८८२.६० बिन्दुमा झरेको हो। त्यसै गरी, सेन्सेटिभ इन्डेक्स २.१५ अङ्क घटेको छ भने फ्लोट इन्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८१ अङ्क घटेको छ।

बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ। त्यस्तै, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, माउन्टेन इनर्जीको शेयर मूल्य साढे ७ प्रतिशत बढेको छ। यता पिपुल्स हाइड्रोपावरको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस