निजामती सेवा ऐन मन्त्री र नेताहरूले रोकेका छैनन् : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निजामती सेवा ऐन मन्त्री र नेताहरूले रोकेका छैनन् : अध्यक्ष तिमिल्सिना


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन् । 

बुधबार संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीय संसद सचिवालयका कर्मचारीहरूले आफूलाई संघीय संसद सचिवालयमा नै कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । 

प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसद्को प्रतिभामा आँच आउने काम नगर्न उनले आग्रह गरेका हुन् । 

अध्यक्ष तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताए । उनले निजामती सेवा ऐन राजनीतिक दलहरू र मन्त्रीहरूले मात्रै नरोकेको बताए । निजामती सेवा ऐन सेवा ऐन भित्रका विशिष्ट अधिकृतहरूका आफ्ना खालका स्वार्थहरूका कारण रोकिएको उनको भनाइ छ । उनले विशिष्ट अधिकृतहरूका उमेरहद बढाउनेलगायत चाहनाका कारण निजामती सेवा ऐन रोकिएको बताए । 

अध्यक्ष तिमिल्सिनाले सबैका लागि सेवा प्रभावकारी बनाउने कुरामा कर्मचारीहरूले ध्यान दिन जरुरी रहेको पनि बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस