देउवालाई रामचन्द्र पौडेलको आग्रह : संसदीय दलको नेतामा मलाई प्रस्ताव गर्नुहोस् ! « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

देउवालाई रामचन्द्र पौडेलको आग्रह : संसदीय दलको नेतामा मलाई प्रस्ताव गर्नुहोस् !


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । देउवा र पौडेलबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।

स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका थिए । जवाफमा देउवाले सबै विषयमा हेर्ने भन्दै केही दिन पर्खन आग्रह गरे ।

काँग्रेसमा संसदीय दलको नेता बन्न आकाङ्क्षीहरूको लर्को छ । नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन् । काँग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुन योग्य हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस