Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १३ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका अंकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी समिक्षा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यस्तै, काभ्रेको मण्डन देउपुर नगपालिका–१ बस्ने ३७ वर्षकी जेलि तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षका बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षकी मञ्जु तामाङ, बनेपा १४ बस्ने २८ वर्षकी गीता श्रेष्ठ र तेमाल गाउँपालिका ८ बस्ने २७ वर्षिया टिकालक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

प्रहरीका अनुसार २१ जन घाइतेको उपचार भइरहेको र एक जना डिस्चार्ज भएका छन्। हिजो साँझ ६ बजेतिर बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोकको – ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घाइतेहरुको बनेपाको शीर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस