विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् ।

सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गण्डकी प्रदेशको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच मर्जर १ः१ को सेयर आदानप्रदान अनुपात(स्वाप) रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) गर्दा स्वाप रेसियोमा ठुलो अन्तर आएको खण्डमा भने त्यसमा पुनर्विचार हुने सहमति भएको स्रोतले जनाएको छ ।

मर्जरपछि बन्ने संस्थामा सञ्चालक समिति अध्यक्ष नयाँ सारथी लघुवित्तबाट र प्रमुख कार्यकारी अधिकृतमा हालको विजय लघुवित्तका वसन्त लम्साल हुने सहमति भएको छ ।

मर्जरमा जाने सहमतिसँगै दुवै संस्थाका आधारभूत सेयर धनीको सेयर कारोबार रोक्का भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस