९ लाखको मदिरासहित २ जना महोत्तरीबाट पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ लाखको मदिरासहित २ जना महोत्तरीबाट पक्राउ


२७ मंसिर २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित परिक्रमा गाछीबाट करिब नौ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरासहित दुई जना पक्राउ परेका छन् । सोमबार सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

४० कार्टुन सोफी र दुई कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई पक्राउ गरिएको हो । बीआर०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा र गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेकाहरूलाई बरामद मदिरा र गाडीसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस