निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन प्रयोग गरेको मेयरद्वारा स्वीकार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन प्रयोग गरेको मेयरद्वारा स्वीकार


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो निजी घर निर्माणमा प्रयोग भएको स्वीकार गरेकी छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै मेयर शाहीले आफ्नो घर बनाइरहेको निर्माण व्यवसायीले नगरपालिकाको सवारी साधन र औजार प्रयोग भएको स्वीकार गरेकी हुन् । तर सवारी साधन र औजार प्रयोग गर्दा निर्माण व्यवसायीले आफूलाई कुनै जानकारी नदिएको दाबी गरेकी छन् ।

‘म नगरप्रमुख हुनुभन्दा अगाडिदेखिनै नै घर निर्माण भइरहेको थियो । मेरो घर निर्माण गरिरहेको निर्माण व्यवसायीले मलाई कुनै जानकारी नै नदिई एकरदुई पटक नगरपालिकाको सवारी र औजार प्रयोग गर्नु आफैमा गलत भएको महसुस गरेकी छु,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका कमजोरी आगामी दिनमा नदोहोरिने प्रतिबद्धता जाहेर गर्दछु ।’

उनले पत्रकारलाई बन्धन नबनाएको दाबी गरेकी छन् । अनधिकृत रूपमा आफ्नो भिडियो खिचेपछि उक्त भिडियो स्वयं पत्रकारले डिलिट गरे पनि पछि भ्रामक समाचार आएको उनको जिकिर छ।

नगरपालिकाको सवारी साधन मेयर शाहीको निजी घर निर्माणमा प्रयोग भएको जानकारी पाएपछि रिपोर्टिङमा गएका पत्रका खेम ढुङ्गानाले भने मेयर शाहीले आफूलाई बन्धक बनाएको आरोप लगाएका थिए ।

आफूलाई बन्धक बनाइ खिचेका भिडियोसमेत डिलिट गर्न लाइएको उनको आरोप थियो । यसबारे पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन र पत्रकार महासङ्घले समेत विरोध जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस