जनगणनाको पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनगणनाको पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी 


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने भएको छ । अहिले जनगणनाका विवरणहरू प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्याङ्क विभागले जनाएको छ । 

तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक विवरण गत माघ दोस्रो साता सार्वजनिक गरेको थियो । जनगणनाको पूर्ण विवरण सार्वजनिक नभएका कारण अहिलेसम्म सङ्घ, प्रदेश र स्थानीय तहले २०६८ सालकै तथ्याङ्कमा आधारित रहेर योजनारकार्यक्रम बनाएका छन् ।

प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । पूर्ण विवरणमा यो फरक पर्न सक्छ । प्रारम्भिक प्रतिवेदन अनुसार २०६८ को तुलनामा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले जनसङ्ख्या बढेको पाइएको थियो । यस अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर ०।९३ प्रतिशत मात्र रहेको देखिएको थियो । विभागले प्रारम्भिक विवरण सार्वजनिक गरेको ६ महिनामा पूर्ण विवरण ल्याउने भनेको थियो । प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपालमा भएका लगातार दुई वटा निर्वाचनका कारण समेत पूर्ण विवरणको काम पुरा गर्न समय लागेको विभागको भनाइ छ ।

प्रारम्भिक नतिजाले नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको देखाएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् । अहिले प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवारको बसोबास थियो ।

पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ ९२४।५७ प्रतिशत० थप भएको छ । कुल जनसङ्ख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत) पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत) रहेको छ । नयाँ तथ्याङ्क अनुसार १ सय महिलाको अनुपातमा ९५.९१ जना पुरुष रहेको प्रारम्भिक विवरणमा देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस