विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले ३० उडान थप्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले ३० उडान थप्ने


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । ऐतिहासिक रूपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।

मोरक्कोले फाइनल प्रवेशका लागि बुधवार राति साबिक विजेता फ्रान्सको सामना गर्दै छ । जारी विश्वकपमा एक मात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ । यो मोरक्कोमात्र होइन समग्र अफ्रिका महादेशकै लागि खुसीको क्षण थियो, जति बेला मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।

खर्चिलो हवाई यात्राका बाबजुद हजारौँको सङ्ख्याका मोरक्कन समर्थकहरू आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् । विश्वकप अन्तिम १६ अन्तर्गत स्पेनविरुद्ध ४४ हजार दर्शक क्षमताको रङ्गशालामा झण्डै आधा सङ्ख्याका मोरक्को समर्थक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस