रेशम चौधरी रिहा हुने हल्लाले कार्यकर्ताहरू फूलमालासहित डिल्लीबजार कारागारमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रेशम चौधरी रिहा हुने हल्लाले कार्यकर्ताहरू फूलमालासहित डिल्लीबजार कारागारमा


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेका छन् ।

चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरू झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस