प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी


२६ मंसिर २०७९, सोमबार


प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौँ तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।

हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।

आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपूर्ति गरिने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस