आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस